प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जसपाको निर्णय

काठमाडाैं | असार २७, २०८१

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जसपाको निर्णय

काठमाडौं:   अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ।


सिंहदरबारमा बिहीबार बसेको जसपा संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक वीरेन्द्रप्रसाद महतोले जानकारी दिए। उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालबाट विभाजन भएर बनेको जसपाका प्रतिनिधि सभामा सात सांसद छन्।


प्रधानमन्त्री दाहालले असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै छन्। नेपाली कांग्रेस र नेकपा (एमाले)ले यसअघि नै विश्वासको मतको विपक्षमा मत दिन आफ्ना सांसदलाई ह्वीप जारी गरिसकेका छन्।


जसपाले नयाँ गठबन्धनलाई सघाउने भएको छ। आफ्नो पार्टीले कांग्रेस(एमाले लगायतको सहमति अनुसार बन्न लागेको नयाँ सरकारलाई सहयोग गर्ने निर्णय गरेको जसपाका सांसद प्रदीप यादवले जानकारी दिए।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्